जोडिनुहोस
  • होमपेज
  • डीडीसीका महाप्रवन्धक झा जिम्मेवारीबाट हटाइए, किसानलाई दुधको रकम भुक्तानी नगरेको आरोप

डीडीसीका महाप्रवन्धक झा जिम्मेवारीबाट हटाइए, किसानलाई दुधको रकम भुक्तानी नगरेको आरोप

काठमाडौं । दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेकोसहित विभिन्न १० आरोपमा दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई सरकारले जिम्मेवारीबाट हटाएको छ । कृषिमन्त्री डा. बेदुराम भुसालको निर्देशनमा सोमबार झालाई जिम्मेवारीमुक्त गरी मन्त्रालय तानिएको हो ।

मन्त्रालय स्रोतकाअनुसार दुग्ध किसानबाट दुध खरिद गरेवापत करिब ६–७ महिनाको ८५ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न नसकेको, गत आर्थिक वर्षमा स्वदेशमा तरल दुध फालाफाल भइरहेको अवस्थामा भारतबाट दुध आयात गर्न लविङ गरेको, संस्थानभित्र विभिन्न प्रकारका अनियमितता भेटिएको अभियोगमा महाप्रवन्धक झालाई मन्त्रालयमा तानिएको हो ।

यसका साथै संस्थान सुधार गर्न विभागीय मन्त्री बेदुराम भुसालले पटक पटक दिएको सुझाव र निर्देशनसमेत कार्यान्वयनमा नल्याएको अभियोग झामाथि लागेको छ ।

मन्त्रालयले म्याद नाघेको दुग्धजन्य अखाद्य पदार्थसमेत डीडीसीले समयमा नष्ट नगरेको, महाप्रवन्धकको रुपमा उनी आएपछि गत आर्थिक वर्ष २०७८/७९ मा ३७ करोड र आर्थिक वर्ष २०७९/८० मा ६० करोड रुपैयाँ गरी ९७ करोड घाटा डीडीसीले व्यहोर्न बाध्य भएको अभियोग लगाएको छ ।

यस्तै कर्मचारीहरुलाई कडाइका साथ परिचालन गर्न र बजार विस्तार गर्न नसकेकोलगायतका अभियोग उनीमाथि लगाइएको छ । झालाई विज्ञको रुपमा मन्त्रालयमा तानिएको हो ।

२०७८ चैत १४ गते खुला प्रतिस्पर्धाबाट महाप्रवन्धकमा नियुक्त भएका झाको कार्यअवधि आगामी चैत १४ गते सकिँदै थियो ।

यो बिषयमा भने झाले आफूलाई कुनै जानकारी नभएको बताएका छन् । वागमती प्रदेश सरकारले हेटौडामा आइतबारदेखि सञ्चालनमा ल्याएको पाउडर दुध कारखानाको सुभारम्भ कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका