जोडिनुहोस
  • होमपेज
  • ‘यूएनआरडब्ल्युए’लाई अमेरिकासहित ६ देशले रोके आर्थिक सहयोग

‘यूएनआरडब्ल्युए’लाई अमेरिकासहित ६ देशले रोके आर्थिक सहयोग

काठमाडौं । इजरायल–हमास युद्धका बीच अमेरिकासहित ६ देशले संयुक्त राष्ट्रसंघको एउटा एजेन्सीलाई आर्थिक सहयोग रोकेका छन् ।

इजरायलले युएनआरडब्ल्युए संस्थाका १२ कर्मचारीलाई अक्टोबर ७ को आक्रमणमा हमास आतङ्ककारीसँग संलग्न भएको आरोप लगाएको थियो । त्यसपछि एजेन्सीले सबैलाई बर्खास्त गरेको थियो ।

युएनआरडब्ल्युए प्रमुख फिलिप लाजारिनीले एजेन्सीको प्रतिष्ठा जोगाउन सबैलाई बर्खास्त गर्ने निर्णय गरिएको बताए । यो एजेन्सी १९४८ मा स्थापना गरिएको थियो ।

हाल यो एजेन्सीले गाजा, वेस्ट बैंक, सिरिया, जोर्डन र लेबनानका ६० लाख मानिसहरूलाई सहयोग गरिरहेको जनाएको छ । यसको उद्देश्य आम नागरिकहरूलाई राहत सामग्री उपलब्ध गराउनु र उनीहरूलाई मद्दत गर्नु हो ।

हालसम्म अमेरिका, बेलायत, फिनल्याण्ड, क्यानडा, अष्ट्रेलिया र इटालीले युएनआरडब्ल्युएलाई आर्थिक सहयोग रोक्ने घोषणा गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका