जोडिनुहोस
  • होमपेज
  • न्युजिल्यान्डमा नयाँ वर्ष सन् २०२४ शुरु

अन्तर्राष्ट्रिय

न्युजिल्यान्डमा नयाँ वर्ष सन् २०२४ शुरु

न्युजिल्यान्डमा नयाँ वर्ष सन् २०२४ शुरु

न्युजिल्याण्डमा नयाँ वर्ष सन् २०२४ शुरु भएको छ । स्थानीय समयअनुसार न्युजिल्यान्डमा सन् २०२४ शुरु भएको हो । न्युजिल्यान्डका बासिन्दाले अहिले नयाँ वर्षलाई भव्यताका साथ स्वागत गरिरहेका बीबीसीले जनाएको छ । नयाँ वर्ष मनाउने विश्वको पहिलो प्रमुख सहर अकल्यान्डको स्काई टावरमा विशेष कार्यक्रम भएको छ । टावरमा १० सेकेन्डको गन्तीपछि चम्किलो आतसबाजी प्रदर्शन भएको छ ।न्युजिल्यान्डसँगै अब विभिन्न देशहरूले आफ्नो स्थानीय समयअनुसार नयाँ वर्षलाई स्वागत गर्दै जानेछन् । सम्पूर्ण विश्वलाई २४ वटा टाइम जोनमा विभाजन गरिएको छ । त्यसैले विभिन्न समय क्षेत्रका आधारमा विभिन्न देशहरूमा नयाँ वर्ष मनाइन्छ । प्रशान्त महासागरमा सबैभन्दा पहिला नयाँ वर्षको उत्सव शुरु हुन्छ । अहिले सबैजसो देशहरूमा नयाँ वर्षलाई स्वागत गर्न पर्यटकीय क्षेत्रहरूमा पर्यटकहरूको उपस्थिति बढेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?