जोडिनुहोस
  • होमपेज
  • जापानको चन्द्रयान ‘स्लिम’ले फेरि काम गर्न थाल्यो

जापानको चन्द्रयान ‘स्लिम’ले फेरि काम गर्न थाल्यो

चन्द्रमाको सतहमा अवतरण गरेको जापानको यान ‘स्लिम’ले फेरि काम गर्न थालेको छ । अवतरण भएको एक हप्तासम्म ऊर्जाका कारण काम नगरेको यानले फेरि काम गर्न थालेको जापान एरोस्पेश एक्सप्लोरेशन एजेन्सी ९जाक्सा० लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

जाक्साले गएराति ल्याण्डरसँग पुनः सम्पर्क स्थापित भएको जनाएको छ । ल्याण्डरसँग सम्पर्क स्थापित भएपछि यसले यानमा भएको ऊर्जा सम्बन्धी त्रुटि समाधान भएको सङ्केत गरेको हो । चन्द्रमामा प्रकाशको अवस्था परिवर्तन भएपछि सौर्य प्रणालीले फेरि काम गर्न थालेको हो ।

जनवरी २० मा चन्द्रमाको सतहमा अवतरण गरेपछि यसको सौर्य प्रणालीले काम गर्न नसकेका कारण ऊर्जा उत्पादन गर्न सकेको थिएन । सौर्य प्रकाशले काम नगरेपछि यानलाई बन्द गर्ने निर्णय गर्नुअघि यसलाई केही समय ब्याट्रीले चलाइएको थियो ।

तर, सूर्यको प्रकाशको अवस्था परिवर्तन भएपछि भने अहिले यानले काम गर्न थालेको छ । चन्द्रमामा यान अवतरण गराएसँगै जापान चन्द्रमामा सफलतापूर्वक यान पठाउने पाँचौ राष्ट्र भएको थियो । यसअघि अमेरिका, रुस, चीन तथा भारतले चन्द्रमामा यान पठाइसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका