जोडिनुहोस
  • होमपेज
  • अमेरिकी रक्षामन्त्री फेरी अस्पताल भर्ना

अन्तर्राष्ट्रिय

अमेरिकी रक्षामन्त्री फेरी अस्पताल भर्ना

  • Sagarmatha TV
  • मङ्लबार, फाल्गुन १, २०८०
अमेरिकी रक्षामन्त्री फेरी अस्पताल भर्ना

वासिंगटन । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनको स्वास्थ्य फेरि बिग्रिएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार अस्टिनलाई सोमबार बिहान वाल्टर रीड मिलिटरी अस्पतालको क्रिटिकल केयर युनिटमा भर्ना गरिएको छ ।

उनको डिसेम्बर २०२३ मा प्रोस्टेट क्यान्सरको शल्यक्रिया गरिएको थियो । यसपछि उनी अनुमति बिना धेरै दिन बिदामा बसेका थिए, जसका कारणा सञ्चारमाध्यममा निकै हंगामा मात्रै भएन, विपक्षीहरूले उनको राजीनामासमेत माग गरेका थिए । तर राष्ट्रपति बिडेन र संसदबाट लिखित माफी मागे पछि उनी गत हप्ता मात्रै राहत पाएका थिए ।

समाचार अनुसार अस्टिनका सुरक्षा कर्मचारीहरूले पहिले वाल्टर रीड अस्पताललाई उनको बिग्रँदै गएको अवस्थाको बारेमा जानकारी दिएका छन । यसपछि उनलाई तत्काल अस्पताल लगिएका थियो । यहाँ उनको अवस्था देखेर उनलाई क्रिटिकल केयर युनिटमा भर्ना गरिएको छ । सैन्य अस्पतालले अस्टिनको भर्ना पुष्टि गरे पनि थप विवरणहरू दिन भने अस्वीकार गरेको छ ।

उनलाई पिसाब थैलीमा इन्फेक्सन भएको र प्रोस्टेट क्यान्सरको शल्यक्रियापछि पनि निको नभएको बताइएको छ । फक्स न्यूजका अनुसार अस्टिनको स्वास्थ्यलाई नजिकबाट नियालिरहेको बताएको छ। उनी कति दिन अस्पतालमा बस्छन् भने यकिन भएको छैन ।

पछिल्लो पटकको गल्ती सच्याउँदै यसपटक अस्टिनको अधिकार उप रक्षा सचिव क्याथलिन हिक्सलाई हस्तान्तरण गरिएको छ ।

उनी पुर्वनिर्धारित कार्यक्रम अनुसार मंगलबार युक्रेन जानुपर्ने थियो, जहाँ नाटोको रक्षा सम्पर्क समूहको बैठक छ । यो बैठकमा नेटो देशका सबै रक्षामन्त्री सहभागी हुदैँछन । युक्रेन र रुसबीचको युद्ध २४ फेब्रुअरीमा दुई वर्ष पूरा हुँदैछ । यस हिसाबले पनि यो भेट महत्वपूर्ण थियो तर रक्षामन्त्री अस्वस्थ्य भए पछि अवस्था अर्को तर्फ जाने देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका