जोडिनुहोस
  • होमपेज
  • महिलालाई पनि वैदिक ज्ञान र सम्मान अर्पण गर्नुपर्छ : राष्ट्रपति

महिलालाई पनि वैदिक ज्ञान र सम्मान अर्पण गर्नुपर्छ : राष्ट्रपति

काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले महिलालाई पनि वैदिक ज्ञान र सम्मान अर्पण गर्नुपर्ने बताएका छन्।

गुरूकुल वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति भएको बताउँदै राष्ट्रपति पौडेलले गुरुकुल शिक्षाले मौलिक संस्कृति र आफ्नो माटोको रक्षार्थ महत्वपूर्ण योगदान गर्ने बताए ।

देवघाटधाममा सञ्चालित गार्गी कन्या गुरुकुलको सहयोगार्थ मंगलबारदेखि काठमाडौंको पाशुपत् क्षेत्रमा आयोजना गरिएको श्रीमद्भागवत् ज्ञान महायज्ञको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले गार्गी गुरुकुल देशकै पहिलो कन्या गुरुकुलकोरुपमा सञ्चालन भएकोप्रति खुसी व्यक्त गरे ।

उनले भने, ‘गुरूकुल एउटा वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति हो । यसबाट उत्पादन भएका विद्यार्थीहरूले मौलिक संस्कृति र माटोको रक्षार्थ महत्वपूर्ण भूमिका खेल्न सक्दछन् भन्ने लाग्दछ।’

देशकै पहिलो कन्या गुरुकुलले गुरुकुलको बातावरणमा वैदिक ज्ञानसँगै अन्य विधाहरुमा समेत ज्ञान प्रदान गरेर उच्च शिक्षासम्मको पढाइका लागि सहयोग पुर्‍याउनुपर्ने राष्ट्रपतिको भनाइ छ।

उनले भने, ‘गुरुकुलको वातावरणमा वैदिक शिक्षा दिने प्रबन्ध गर्नु सुखद पक्ष हो । हामीले महिलाहरूलाई पनि वैदिक ज्ञान र सम्मान अर्पण गर्न सक्नुपर्दछ । यसका लागि राज्यले पनि विशेष ध्यान दिनेछ भन्ने विश्वास लिएको छु।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका