जोडिनुहोस
  • होमपेज
  • कीर्तेगरी नागरिकता बनाएको अभियोगमा दाङमा ८ जना पक्राउ

कीर्तेगरी नागरिकता बनाएको अभियोगमा दाङमा ८ जना पक्राउ

रुपन्देही । दाङमा कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नागरिकता बनाउने व्यक्तिका बाजे नाता पर्ने राजपुर गाउँपालिका ५ सिमलखुटीका ज्ञानबहादुर विक, हजुर आमा नाता पर्ने जोगिनी विक, नागरिकता लिने (नाति) विवेक विक, नागरिकता बनाउनका लागि साक्षी बस्नेहरू सावित्रा कुमारी विक, गौसरी बोहरा, दुधिमाया घर्ती, रमेश घर्ती र मनकुमारी घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डीएसपी राजन गौतमले जानकारी दिएका छन् ।

ज्ञानबहादुरले आफ्नो छोरीको छोरा (नाति) विवेकलाई आफ्नो छोरा भनी कीर्ते हस्ताक्षर गरेर नागरिकता बनाइदिएको उजुरी जिल्ला प्रशासन कार्यालय दाङमा परेपछि प्रहरीले उनीहरूलाई तत्काल पक्राउ गरेको हो ।

उनले गत वैशाख २७ गते गाउँका पाँच जनालाई वडामा साक्षी बसालेर नातिलाई छोरा बनाई जन्म दर्ता बनाएको प्रहरीको भनाई छ ।

जन्म दर्ताको आधारमा विश्वकर्मालाई वडाले नागरिकताको लागि सिफारिससमेत दिएको बताइएको छ । त्यसपछि वैशाख २८ गते इलाका प्रशासन कार्यालय लमहीबाट सिफारिसका आधारमा विवेकले नागरिकता प्राप्त गरेको खुलेको छ ।

डीएसपी गौतमका अनुसार राजपुर गाउँपालिका ५ का वडाध्यक्ष टंक बहादुर विष्ट र वडा सचिव फरार रहेका छन् ।

पक्राउ परेका ८ जनालाई अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको उनले बताए । दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाले अनुसन्धानपछि अदालतको निर्णयअनुसार कीर्ते गरी लिएको नागरिकता रद्द गर्ने र दोषीलाई कानुन बमोजिमको सजाय हुने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका