जोडिनुहोस
  • होमपेज
  • नेपालको एु टोली क्यानडा–११ सँग ४ विकेटले पराजित

नेपालको एु टोली क्यानडा–११ सँग ४ विकेटले पराजित

क्यानडा–११ सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालको ुएु टोली ४ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको क्यानडाले ३ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । क्यानडाका नवनीत धलिवालले ८० र निखिल दत्तले नट आउट ६७ रन बनाए । नेपालका शाहब आलमले २ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय १६ रन बनायो । नेपालका बसिर अहमदले नट आउट ५० रन बनाए । यस्तै रशिद खानले ४०, मयन यादवले ३५ रन बनाए । क्यानडाका साद बिन जफरले ३ विकेट लिए । ३ खेलको शृङ्खलामा दोस्रो खेल पर्सि मङ्गलवार र अन्तिम खेल बिहीवार हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका