जोडिनुहोस
  • होमपेज
  • ३ करोड १५ लाख रुपैयाँको स्रोत नखुलेपछि इन्जिनिरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

३ करोड १५ लाख रुपैयाँको स्रोत नखुलेपछि इन्जिनिरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध विशेष अदालतमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको छ । इन्जिनियर भाटले ३४ वर्ष सरकारी सेवामा रहँदा कमाएको तीन करोड १५ लाख ८१ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति देखिएको अख्तियारको दाबी छ । अख्तियारले विशेष अदालतमा दर्ता गरेको मुद्दामा उनले महानिर्देशकको रूपमा सरकारी पदमा कार्यरत रहँदा अकुत सम्पत्ति आर्जन गरेको उल्लेख छ । भाट २०४६ असार ३० देखि २०७९ कात्तिक ६ गतेसम्म सार्वजनिक सेवामा रहेका थिए । सार्वजनिक सेवामा रहँदा उनले गरेको कुल व्ययसँग तुलना गर्दा आयभन्दा तीन करोड १५ लाख ८१ हजार रुपैयाँ स्रोत पुष्टि हुन नसकेको देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका