जोडिनुहोस
  • होमपेज
  • झापाको मेचिनागर स्थित भगवति प्लाइ उद्योगमा भिषण आगलागी

झापाको मेचिनागर स्थित भगवति प्लाइ उद्योगमा भिषण आगलागी

पुजन घिमिरे

झापा– झापाको मेचीनगर नगरपालिका- १५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स (प्लाइ) उद्योगमा भीषण आगलागी भएको छ ।

उद्योगमा आज बिहान सवा ५ बजेबाट आगलागी शुरु भएको हो । आगो अझै नियन्त्रणमा आएको छैन । ६ वटा दमकल, नेपाली सेना , सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी आगलागी नियन्त्रणका लागि खटिरहेका छन् ।

उद्योगको पश्चिमपट्टिको भाग जलिरहेको र अन्य भाग जोगाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए । आगलागीको कारण थाहा हुन नसकेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका