जोडिनुहोस
  • होमपेज
  • बेइजिङ हिम पहिरोमा ज्यान गुमाउनेको संख्या २८ पुग्यो

बेइजिङ हिम पहिरोमा ज्यान गुमाउनेको संख्या २८ पुग्यो

बेइजिङ, तिब्बतको दक्षिणपश्चिमी क्षेत्रको निङ्ची सहरमा हिमपहिरोमा परी कम्तीमा २८जनाको मृत्यु भएको छ । मंगलबार गएको हिमपहिरोपछि काउन्टीलाई न्इङ्चीको प्याड टाउनसिप जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग अवरुद्ध भएको थियो भने यात्रु तथा सवारी साधनहरू बाटोमै फसेका थिए । सरकारले शव निकाल्न र बेपत्ता भएकाहरूको निरीक्षण गर्न एउटा टोली पठाएको थियो ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार मेनलिंग काउन्टीको पाइ गाउँ र मेडोग काउन्टीको डोक्सोङ ला सुरुङबाट निस्कने सडकको एक खण्डमा हिमपहिरो गएको थियो । हिमपहिरोपछि मानिस र सवारी साधन अलपत्र परेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका