जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीले भने ; अरू दल मिलेर देखाउनुहोस्, कामना छ

प्रधानमन्त्रीले भने ; अरू दल मिलेर देखाउनुहोस्, कामना छ

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस एमाले मिल्न कामना गरेका छन् । उनले सबै दल मिलेर सरकार गठन गर्न स्वतन्त्र भएको समेत सुनाए । बुधबार विश्वासको मत लिने बेलामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई बोली फुकाउन र बोल्न समेत अनुरोध गरे ।

उनले भने, ‘ठूला दल मिले भने तेरो हालत के हुन्छ भन्दै थिए कांग्रेस नेताहरूले । म के भन्छु भने ठूला दल मिले हुन्छ । सक्नुहुन्छ भने मिलेर देखाउ त्यो स्वतन्त्रता सबै राजनीतिक दललाई छ । प्रचण्ड डराउँदैन । यो गठबन्धन राजनीतिक कारणले बनेको छ । संविधानको हितको निम्ति बनेको छ ।’

प्रतिनिधि सभामा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र सत्ता पक्षका सांसद राजेन्द्र पाण्डेले एमाले कांग्रेस मिले आउने परिणामको बारेमा जानकार हुन ध्यान दिएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका