जोडिनुहोस
  • होमपेज
  • गाजामा अस्पतालमा गरिएको आक्रमण जति निन्दा गरे पनि कम हुन्छ; एमाले

गाजामा अस्पतालमा गरिएको आक्रमण जति निन्दा गरे पनि कम हुन्छ; एमाले

नेकपा एमालेले प्यालेस्टाइनको गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमणको भर्त्सना गरेको छ ।

इजरायल र प्यालेष्टाइनको हमास समूह विच भइरहेको युद्धका क्रममा गएराति अस्पतालमा आक्रमण भएको थियो । उक्त आक्रमण परि ५०० जना बढी नागरिकको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

‘अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा ‘ आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी ५०० भन्दा बढी मारिएको खबरले हामी स्तब्ध भएका छौं,’ एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार निकालेको विज्ञप्तिमा भनिएको छ ।

सिङ्गो अस्पताल भवन नष्ट हुनु र बालबालिकासहित सयौंको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुने एमालेले जनाएको छ ।

‘नेकपा एमाले शान्तिको पक्षमा छ । जुनसुकै खाले द्वन्द्व र समस्याको समाधान शान्तिपूर्ण वार्ताद्वारा गरिनुपर्छ भन्ने मान्यता राख्दछ,’ एमालेको विज्ञप्तिमा भनिएको छ,‘निहत्था नागरिक, अस्पतालमा उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरी गरिएको अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएको छ ।’

क्रूर र अमानवीय आक्रमण तत्काल रोक्न एमालेले द्धन्द्धरत पक्षलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका