जोडिनुहोस
  • होमपेज
  • के बोल्दा कस्तो असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो : विश्वप्रकाश शर्मा

के बोल्दा कस्तो असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले के बोल्दा कस्तो असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती भएको बताएका छन् ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिका बारेमा टिप्पणी गर्दै उनले ‘नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्दछ र गर्ने हो’ भनेका छन् ।

उनले लेखेका छन्, ‘मित्र राष्ट्रहरूलाई मित्रताकै सीमामा राख्ने कर्तव्य मूलतः प्रधानमन्त्री कै हो । आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो ।’

प्रधानमन्त्रीले गलत बोल्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको भएको पनि उनले बताएका छन् ।

उनले भनेका छन्, प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको हुन्छ सत्तारूढले नै प्रश्न गरेका छौँ प्रतिपक्षको त मूल कर्तव्य नै हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका