जोडिनुहोस
  • होमपेज
  • मानव हितको संस्कृतिलाई अगाडि बढाउनुपर्छ ; उपमहासचिव पोखरेल

मानव हितको संस्कृतिलाई अगाडि बढाउनुपर्छ ; उपमहासचिव पोखरेल

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले मानव हितको संस्कृतिलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

मार्क्सवादी अध्ययन फाउण्डेसनले आज कैलालीको धनगढीमा आयोजना गरेको ‘कला, साहित्य र संस्कृतिको प्रभाव र महत्व’सम्बन्धी प्रदेशस्तरीय खुला साहित्यिक बहस कार्यक्रममा उपमहासचिव पोखरेलले अन्धविश्वास र परम्परागत कुराले समाजको विकास नहुने बताए।

‘हामीले हाम्रो कला, साहित्य र संस्कृतिलाई रक्षा गर्नुपर्नेछ । कुन कलासंस्कृतिलाई रक्षा गर्ने भन्ने पनि हेर्नुपर्नेछ’, उनले भने, ‘समाज अगाडि बढाउन उत्प्रेरित गर्ने साहित्य जीवनशील साहित्य हो । त्यस्ता कला संस्कृतिको जगेर्ना गर्न आवश्यक छ ।’

उपमहासचिव पोख्रेलले भने, ‘जुन कला, साहित्य, संस्कृति अहिलेको युग सापेक्ष हुँदैन । वैज्ञानिक हुँदैन । आर्थिकरूपले धान्न नसक्ने हुन्छ । त्यो कला, साहित्य मर्छ । साहित्य, कला, संस्कृति समयानुकूल हुनुपर्छ । अबको साहित्य सिर्जना प्रविधिअनुसार अगाडि बढ्नुपर्छ ।’ उनले समाजमा व्याप्त छाउपडी, छुवाछूतजस्ता विभेदलाई भत्काउन आवश्यक रहेको पनि बताए।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घका केन्द्रीय सल्लाहकार लोकेन्द्रप्रसाद जोशीले ‘सुदूरपश्चिम र हाम्रो संस्कृति’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने मार्क्सवादी अध्ययन फाउण्डेसनका अध्यक्ष केशवनाथ योगीले कला, साहित्यको प्रभाव र महत्वसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागी साहित्यकारहरुले कार्यपत्रमाथि आ-आफ्नो धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका