जोडिनुहोस
  • होमपेज
  • मुख्यमन्त्री जम्मकट्टेललाई एकीकृत समाजवादीले विश्वासको मत दिने

मुख्यमन्त्री जम्मकट्टेललाई एकीकृत समाजवादीले विश्वासको मत दिने

बागमती प्रदेशमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री पाउने सहमति भएको छ । एकीकृत समाजवादीलाई पालैपालो मुख्यमन्त्री दिने सहमति भएसँगै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने निश्चित भएको छ । यसअघि एकीकृत समाजवादीले नयाँ समीकरणमा आफूले सबै प्रदेश र केन्द्रमा सम्मानजनक भागबन्डा हुनुपर्ने माग राख्दै सो विषयमा सहमति नभएसम्म विश्वासको मत दिन बाध्य नहुने चेतावनी दिएको थियो । अब सहमति भएपछि एकीकृत समाजवादीले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने भएको छ । बागमती प्रदेश सभामा आज मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका