जोडिनुहोस
  • होमपेज
  • संसदमा ओलीको प्रश्न : गाँजा खेती कसलाई चाहियो ?

संसदमा ओलीको प्रश्न : गाँजा खेती कसलाई चाहियो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने सरकारको घोषणामाथि प्रश्न उठाएको छ । बजेटमाथिको सामान्य छलफलमा भाग लिंदै संसदमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रश्न गरे, ‘कसले गर्न खोजिराख्या छ यो गाँजा खेती ? यो कसका लागि गाँजा खेती ? अचम्म लाग्छ यो गाँजा खेती कसलाई चाहियो ?’

गाँजा खेतीको पछाडि व्यक्तिहरु रहेको र उनीहरुले वैधानिकता खोजिरहेको उनले बताए । कतिपय सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा गाँजा खेती हुँदा कतिपयको जीविकोपार्जन हुने भन्ने लागेको हुनसक्ने उल्लेख गर्दै ओलीले नियन्त्रित गाँजा खेतीको विषय भएको बताए ।

तर सरकारको रेखदेखमा गाँजा खेती गर्ने विषय अनौठो रहेको उनले बताए । ‘गाँजाको बीउ लिएर बसेको व्यापारी को हो ?’ उनको प्रश्न छ । जनताका विषय भन्दा पर यो विषय रहेको उनको जिकिर छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै गाँजा खेतीको अध्ययन गर्ने बताएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका