जोडिनुहोस
  • होमपेज
  • बुद्धशान्ति गाउँपालिकाका पदाधिकारी नै चुरे दोहन र राजश्व छलिमा संलग्न !

बुद्धशान्ति गाउँपालिकाका पदाधिकारी नै चुरे दोहन र राजश्व छलिमा संलग्न !

पुजन घिमिरे 

झापा झापाको एक स्थानीय तह नै प्रतिबन्धित चुरे दोहन र राजश्व छलिमा संलग्न भएको पाईएको छ । झापाको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र केही वडा अध्यक्षको प्रत्यक्ष संलग्नतामा बन, ऐलानी र नम्बरी जमिन भएको चुरे दोहन हुदै आएको हो ।

चुरे क्षेत्रमा रहेको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ७ बर्नेका माधव अर्याल र उनका दाजुभाईको नाममा रहेको करिब १० बिगाहा जमिन सम्याउन र त्याहाँबाट निस्किएको नदिजन्य पदार्थ बिक्री गर्न भन्दै गाउँपालिकाले कानुन बिपरित अनुमती दिएको छ । बिस्तृत वातावरण परिक्षण बिनानै उत्खनन् गर्न अनुमती दिएको उक्त स्थानबाट निस्किएको माटो बिक्रीका क्रममा तिनूपर्ने लाखौ रुपँया बरावरको राजश्वमा पदाधिकारीकै संलग्नतामा भ्रष्टाचार भएको पाईएको छ ।

उक्त स्थान प्रतिबन्धित चुरे क्षेत्रमा रहेको छ भने उत्खनन् गर्नुअघि बिस्सतृत वातावरणीय परिक्षण गर्नुपर्ने कानुनि ब्यवस्था रहेको छ । तर, गिरोह नै बनाएर नम्बरी, त्यसको पश्चिमी भागमा रहेको नमुना सामुदायिक बनको जमिनका साथै स्थानीय सुनमाई खोल्सी समेत खनेर त्याहाबाट निकालिएको माटो करोडौ रुपयामा एसियन हाइवे निर्माणका लागि बिक्री गरेको पाईएको छ । गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईको योजनामा उनका भाई मदन प्रसाईलाई अगाडी सारेर यो सेटिङ मिलाईएको पुर्व पदाधिकारीहरुले बताएका छन् ।

यो गैह्रकानुनी काममा सहयोग गरेवापत नेपाली कांग्रेस र एमालेका स्थानीय युवाहरुलाई प्रति टिपर २ सय रुपँया र माओवादीका युवाहरुलाई १ सय रुपँया त कमिशन मात्रै दिईने गरेको उनिहरुले जानकारी दिए । कुल २६ हजार टिपर बराबरको कमिशनको डिल भएको उनिहरुको भनाई छ । त्यस्तै गाउँपालिकाले अर्याल परिवारलाई दिएको अनुमती पत्रमा दश हजार घनमिटर मात्रै माटो उत्खनन् गरेर बिक्री गर्न दिने भनेपनि हाईवेका पेटी ठेकेदार भिम पौडेलसँग २६ हजार टिपर माटोको डिल भएको कमिशन बाँडफाँडमा संलग्नहरुले बताएका छन् ।

उनिहरुका अनुसार करिब साढे चारलाख घनमिटर माटो खरिद बिक्रिको डिल भएको छ । सोही अनुसार दैनिक करिब २० वटा टिपर प्रयोग हुदै आएको छ । दिनमा एकपटक मात्रै राजश्व काटेर ७ पटकसम्म एउटै बिल प्रयोग गरेर राजश्व छल्ने र परिमाणमा चलखेल गरिने गरिएको छ । त्यस्तै गाउँपालिकाले चैत्र ७ गतेबाट उत्खनन्को अनुमती दिएको भएपनि गत फल्गुन २३ गतेबाटै जमिन उत्खनन् गरेर हजारौ टिपर माटो ओसारी निर्माणधिन राजमार्गको चारआली बुट्टाबारी सडक खण्डमा हालिएको छ । यो सबै गैह्र कानुनी काम गर्न दिएवापत पालिका अध्यक्ष मनोज प्रसाई र उपाध्यक्ष भवानी प्रसाद खतिवडाको एक÷एक वटा हाइवा र वडा नम्बर ४ र ५ का वडाध्यक्षहरुको एक÷एक वटा टिपरले निशुल्क माटो पाउने गरेको स्रोतले जानकारी गराएको छ । अध्यक्ष प्रसाईले भने आरोपको खण्डन गर्दै निर्माण सामाग्री उतखनन् गर्न दिने अधिकार उपाध्यक्षको संयोजकत्वमा रहेको समितिमा रहेको दाबी गरे ।

तर, हल्ला नगर्न भन्दै अध्यक्षका भाई मदन प्रसाईले बिभिन्न ब्यक्तिको प्रयोग गरी आफुहरुलाई प्रलोभनमा पार्न खोजेको पुर्व वडाध्यक्षको भनाई छ । यसबाट पनि पदाधिारीको संलग्नता आफै प्रष्टिएको छ । बुद्धशान्तिका खोलानालामा प्रसाई दाजुभाईकै हालीमुहाली रहेको गुनासो स्थानीयले गर्दै आएका थिए । डाँडाको तल्लो भाग उत्खनन् गर्दा माथि रहेको डाडाँगाउ जोखिममा रहेको देखिएको छ । यस्तै खेत सम्याउन आफुहरुले अर्याल परिवारलाई अनुमती प्रदान गरेको उपाध्यक्षको भनाई छ ।

तर, गाउँपालिकाले खेत सम्याउन अनुमती दिएको भएपनि त्यहाबाट निस्किएको खनिज पदार्थ बिक्रि गर्न अनुमती लिनुपर्ने खानि तथा खनिज पदार्थ नियमावलीमा ब्यवस्था रहेको छ । यतिमात्रै होइन अवैध उत्खनन् गर्ने क्रममा दर्जनौ प्रतिबन्धित सखुवाका लाथरा समेत फडानी गरिएको छ । त्यस्तै सार्वजनिक सुनमाई खोल्सी समेत उधिनेर माटो त्रिक्री गरिएको पाईएको छ । चुरेमा रहेको नम्बरी जमिनको माटो गैह्कानुनी हिसाबले किन्ने एशियन राजमार्गका पेटी ठेकेदार भिम पौडेलले भने यो बिषयमा आपु अनबिज्ञ रहेकाले बुझेर जानकारी दिने बताइ । यसरी कमिशनको लोभले हचुवाका भरमा चुरे क्षेत्रको ब्यक्रिगत जमिन खनेर ढुङ्गामाटो बिक्री गर्न दिने हो भने चुरेका डाडाकाडा र वनजंगल केही वर्षमा नै रित्तिने र त्यसले भबिष्यमा ठुलै प्राकृतिक प्रकोप निम्त्याउने बिज्ञहरुले बताउदै आएका छन् । त्यसैले यस्ता गैह्रकानुनी काममा संलग्नहरुलाई छानबिन गरी कानुनी दायरामा ल्याउन जरुरी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका