जोडिनुहोस
  • होमपेज
  • नेपालले स्वास्थ्य प्रणाली सुधार गर्न विश्व बैंकबाट लियो झण्डै १४ अर्ब ऋण र अनुदान

नेपालले स्वास्थ्य प्रणाली सुधार गर्न विश्व बैंकबाट लियो झण्डै १४ अर्ब ऋण र अनुदान

नेपालले स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि विश्व बैंकबाट झण्डै १४ अर्ब रुपैयाँ सहायता लिएको छ । यसमध्ये १० करोड डलर झण्डै १३ अर्ब ३० करोड रुपैयाँ सहुलीयतपूर्ण ऋण र ३८ लाख ४० हजार झण्डै ५१ करोड रुपैयाँ अनुदान रहेको अर्थ मन्त्रालय र विश्व बैंकले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ऋण अन्तर्राष्ट्रिय विकास संस्था आईडीए मार्फत प्राप्त हुने छ ।

अनुदान स्वास्थ्य आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य कोष  एचईपीआरटीएफ बाट प्राप्त हुने विश्व बैंकले जनाएको छ । दुवै सहायतामा बिहीबार विद्युतीय हस्ताक्षर भएको र यो नेपालमा विश्व बैंकद्वारा वित्तीय लगानी गरिएको यो पहिलो विद्युतीय हस्ताक्षरित आयोजना भएको समेत विश्व बैंकले जनाएको छ ।

सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थसचिव डा। कृष्णहरि पुष्कर र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जेर्भोसले हस्ताक्षर गरेका छन् ।

अर्थ मन्त्रालयका अनुसार यो कार्यक्रम संघीय तहको स्वास्थ्य बीमा बोर्ड, कोशी र गण्डकी प्रदेशका छनोट गरिएका प्रदेश र स्थानीय तहको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यानवयन गर्नेछ ।

यस कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य प्रणालीको तत्परतामा सुधार, स्वास्थ्य बीमाको पहुँच अभिवृद्धि र छनोट गरिएका प्रदेश तथा स्थानीय तहमा स्वास्थ्य आपतकालीन पूर्वतयारी एवम् प्रतिकार्य क्षमता सुदृढीकरणमा जोड दिने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका