जोडिनुहोस
  • होमपेज
  • मौसमः पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

मौसमः पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ— हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश, मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू—भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू—भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू—भागका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशका पहाडी भू(भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति गण्डकी र कोशी प्रदेशका पहाडी भू—भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । भोलि पनि देशका पहाडी भू—भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका