जोडिनुहोस
  • होमपेज
  • एक प्रतिशत नेपालीले मेराे आत्मकथा किनिदिनु भयाे भने कृषि औजार कारखाना मज्जाले चल्छ- महावीर पुन

एक प्रतिशत नेपालीले मेराे आत्मकथा किनिदिनु भयाे भने कृषि औजार कारखाना मज्जाले चल्छ- महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष तथा वैज्ञानिक महावीर पुनले एक प्रतिशत नेपालीले आफ्नाे आत्मकथा किनिदिए मात्र पनि वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्न सकिने बताएका छन्।

पुस्तक बिक्रीका लागि दाङ पुगेका पुनले आफ्नाे सपना पूरा गर्न तीन लाख नेपालीले मात्र  पुस्तक किनिदिए मात्र पनि पुग्ने बताएका हुन्।

‘नेपालको १ प्रतिशत नेपालीहरु (३ लाख)ले मेरो आत्मकथाको किताब किनिदिनु भयो भने वीरगञ्जको कृषि औजार कारखाना मज्जाले चल्छ’, उनले भने।

पुनले बन्द अवस्थामा रहेकाे वीरगञ्जकाे कृषि औजार कारखाना सञ्चालनका लागि आफ्नाे आत्मकथा ‘महावीर पुन: सम्झना, सपना र अविरल यात्रा’ प्रकाशन गरेका छन्। यही आत्मकथा बेचेर जम्मा भएकाे रकमबाट कृषि औजार केन्द्र सञ्चालन गर्ने पुनकाे लक्ष्य रहेकाे छ।

साेहीअनुसार गत वर्ष असाेजमा पुस्तक प्रकाशन गरेका पुन बिक्रीका लागि आफैँ गाउँ-गाउँ पुगेका छन्।

किताब बिक्रीका लागि दुई महिनाअगाडि काठमाडाैँबाट हिँडेका पुन सुदूपश्चिमका विभिन्न जिल्लासम्म पुगेर (४ हजार १ सय २५ किलाेमिटर यात्रा पूरा गरेर) अहिले दाङ फर्किएका छन्।

हालसम्म ५८ हजारप्रति पुस्तक बिक्री भइसकेकाे पुनले बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका