जोडिनुहोस
  • होमपेज
  • अनुमति नलिएका विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्न शिक्षा मन्त्रालयको आग्रह

अनुमति नलिएका विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै ती बाहेकका संस्थामा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो ।

इन्टरनेशन एजुकेसन प्रोभाइडर्स अफ नेपाल (आइप्यान) ले भने नेपालमा ८९ संस्था सञ्चालनमा रहेका जनाएको छ । अनुमति नलिई सञ्चालन हुने संस्थालाई कारबाही गर्र्ने चेतावनी मन्त्रालयले दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका