जोडिनुहोस
  • होमपेज
  • २० वटा वाणिज्य बैंकहरुमध्ये १३ वटा बैंकहरुले घटाए ब्याजदर

२० वटा वाणिज्य बैंकहरुमध्ये १३ वटा बैंकहरुले घटाए ब्याजदर

काठमाडौं । नयाँ वर्षको पहिलो महिनाका लागि विभिन्न वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । केन्द्रीय बैंकको निर्देशनअनुसार वाणिज्य बैङ्कहरुले नयाँ वर्षका लागि अघिल्लो वर्षको मसान्तमा नै ब्याजदर सार्वजनिक गरेका हुन् ।

बाणिज्य बैङकहरुले सार्वजनिक गरेको ब्याजदर अनुसार २० वटा वाणिज्य बैंकहरुमध्ये १३ वटा बैंकहरुले ब्याजदर घटाएका छन् । यस्तै ५ वटाले स्थिर र दुईवटाले केही वृद्धि गरेका
तथ्याङमा उल्लेख गरिएको छ ।

वैशाखका लागि ब्याजदर घटाउने बैङ्कहरुमा नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, सानिमा बैंक, एसबीआई बैंक, सिटिजन्स बैंक र एनआईसी एसिया बैंक रहेका छन् ।

त्यसैगरी सरकारी बैंक कृषि विकास बैंकसहित स्ट्यान्डर्ड चार्टर्ड, नबिल, हिमालयन र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ब्याजदर नबढाइ स्थिर कायम गरेका छन् । एभरेस्ट बैंक र एनएमबी बैंकले वैशाखका लागि ब्याजदर बढाएका छन् ।

चैत महिनाका लागि औसत ५ प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म ब्याजदर तोकेका बैंकहरुले वैशाखका लागि ०.१९ प्रतिशत विन्दुले ब्याजदर घटाउँदै ७.०६ प्रतिशत कायम राखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका