जोडिनुहोस
  • होमपेज
  • बालेनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सल्लाहकार रेशुले दिए राजीनामा

बालेनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सल्लाहकार रेशुले दिए राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएका छन् ।

गत भदौमा महानगरको शिक्षा सल्लाहकार नियुक्त भएका अर्यालले पछिल्लो समय मेयर बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजनीनामा दिएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै पछिल्ला घटनाक्रममा महानगरका मेयर शाहले लिएका निर्णय आफ्नो मुल्यमान्यता विपरीत भएको र ती निर्णय आफ्नो घर परिवारसँग पनि जोडिएकाले स्वार्थको द्वन्द्व उत्पन्न भएकाले राजीनामा दिएको बताएका छन् ।

महानगरको शिक्षा सल्लाहकार रहँदा आफूले सकेको काम गरेको भन्दै उनले सार्वजनिक शिक्षाकै क्षेत्रमा आफूले काम गर्ने बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका