जोडिनुहोस
  • होमपेज
  • भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

काँक्रेविहार (सुर्खेत) । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ ।

डोल्पा ,जाजरकोट रुकुम पश्चिमलाई जोड्ने बेल ब्रिजका पाताहरू सबै जडान भएका आयोजना प्रमुख सुनिल रन्जितकारले बताए। पुलको ‘बेस प्लेट’ जडानको काम भोलिदेखि सुरु हुने उनले जानकारी दिए ।

आगामी एक महिनाभित्र सम्पूर्ण काम पूरा गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उनले बताए। पुलका निम्ति रु तीन करोड ८१ लख विनियोजन भएको छ । यो पुल तीन जिल्लाको ‘लाइफ लाइन’ मात्र नभई भारत , नेपाल र चीन जोड्ने सडकको महत्त्वपूर्ण संरचना हो ।

एक सय १८ किलोमिटर लामो जाजरकोट– डोल्पा सडकको ५६ किलोमिटर खण्डमा अहिले धमाधम काम भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका