जोडिनुहोस
  • होमपेज
  • एमालेको पाहुना बनेर गोदावरी पुगेका देउवा जब एमालेमाथि नै खनिए

एमालेको पाहुना बनेर गोदावरी पुगेका देउवा जब एमालेमाथि नै खनिए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा अहिलेसम्म किन पत्ता लागेन भन्दै प्रश्न गरेका छन् ।

नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराइज हलमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले कांग्रेसको विरोध गर्दैमा भण्डारीको हत्यारा पत्ता नलाग्ने बताए ।

उनले मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो कांग्रेसलाई गाली मात्रै गरिरहेको टिप्पणी गरे । देउवाले आफू मदन भण्डारीको बारेमा राम्रै बोल्ने गरी आएपनि कार्यक्रमको बिचमै कांग्रेसलाई गाली गरेको भन्दै झोक्किन पुगेका थिए ।

‘मदन भण्डारीजस्तो व्यक्तित्वको बारेमा राम्रै कुरा गर्ने इच्छा थियो । अहिले आएर उहाँहरू (एमाले) ले कांग्रेसलाई गर्नुसम्म गाली गर्नुभयो । मैले जवाफ दिनुपरिहाल्यो मलाई गाली गर्नेहरूले मदन भण्डारी किन मर्‍यो किन भन्न सक्दैन ? ,’ उनले भने, ‘मदन भण्डारी मारेको कुरा खोजबिन हुनुपर्‍यो, भण्डारीको रहस्मय घटनाको बारे छानबिन गर्न कसले रोकेको छ ? कांग्रेसले रोकेको हो, कसले रोकेको छ ?’

दुईपटक राष्ट्रपति हुँदा, पटकपटक प्रधानमन्त्री हुँदा भण्डारीको दुर्घटनाबारे पत्ता लगाउन नसकेको देउवाले बताए ।

‘आफू खोज्न नसक्ने, कांग्रेसलाई गाली गर्ने, मदन भण्डारीको हत्यारा को हो ? अहिलेसम्म पत्ता लगाउन सकेको छैन । हुँदाहुँदा उनको चालक पनि मारियो, कसले मार्‍यो पत्ता लागेको छैन, मदन भण्डारी राम्रो नेता हो, यसमा दुई मत छैन। उहाँको हत्याबारे अहिलेसम्म किन पत्ता लागेन ? त्यसकारण कांग्रेसको विरोध गर्न सजिलो होला, गर्नुहोस् केही छैन। आफ्नो पनि कुरा भन्नु पर्‍यो नि ’

तत्कालीन एमालेका महासचिव भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा निधन भएको थियो। उनीसँगै एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको पनि मृत्यु भएको थियो।

भण्डारीको निधनको दस वर्षपछि अर्थात् २०६० साल साउन ११ गते दिउँसो पौने ४ बजे उनका चालक अमर लामाको पनि कीर्तिपुरमा गोली हानेर हत्या गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका