जोडिनुहोस
  • होमपेज
  • स्कटल्यान्डका प्रशिक्षक भन्छन्- सन्दीपले हामीलाई दबाबमा पारे

स्कटल्यान्डका प्रशिक्षक भन्छन्- सन्दीपले हामीलाई दबाबमा पारे

काठमाडौं । नेपालसँगको अन्तिम म्याचमा पराजित भएपछि स्कटल्यान्डका प्रशिक्षक सेन बर्गरले नेपाली स्पिनर सन्दीप लामिछानेको प्रशंसा गरेका छन् । उनले सन्दीपलाई ‘विश्वस्तरीय बलर’ को संज्ञा दिए ।

खेलपछिको प्रेसमिटमा प्रशिक्षकले स्कटल्यान्डको यस श्रृंखलामा नेपालले आत्मविश्वासपूर्ण प्रदर्शन गरेको बताए ।

उनले भने, ‘उनीहरु हरेक म्याचमा आत्मविश्वासी थिए । आत्मविश्वासले नै सफलता दिलाउने हो ।’ प्रशिक्षक बर्गरले नेपाली टीम कुनै एक वा दुई खेलाडीमा निर्भर नरहेको उल्लेख गरे ।

उनले थपे, ‘नेपालका धेरै खेलाडीहरुले एकसाथ पर्फम गरेका छन् । एक खेलाडीमा डिपेन्ड छैन । नेपालसँग स्यान्डी (सन्दीप) जस्ता विश्वस्तरीय बलर छन्, जसले देखाए कि उनी कति राम्रो बलिङ गर्न सक्छन् । उनले महत्वपूर्ण विकेटहरु लिएर हामीलाई दबाबमा राखे । अरु बलरहरुले पनि उनलाई राम्रो साथ दिए ।’

एसोसिएटमा सबै टीमहरु प्रतिस्पर्धी रहेको बताउँदै ४ म्याचको श्रृंखला क्लीन स्वीप गर्नु ठूलो कुरा भएको उनले बताए । श्रृंखलाको सुखद अन्त्य गर्न नसके पनि आफूहरुसँग धेरै सुखद अनुभवहरु रहेको उनको भनाइ थियो ।

‘नेपालविरुद्ध हामीले एउटा प्लान बनाएका थियौं । प्लान अनुसार नै चलिरहेको थियो । तर, नेपालका रोहित र करणले खेल हाम्रो हातबाट बाहिर लगे,’ उनले भने ।

स्कटल्यान्डका कप्तान रिची बेरिङटनले पनि प्रतियोगिताभरि नेपालले उत्कृष्ट खेलेको बताए । हरेक कन्डिसनमा आफूहरुले सकारात्मक मनस्थितिमा खेल्न चाहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका