जोडिनुहोस
  • होमपेज
  • सुवास नेम्वाङको निधनले स्तब्ध भएको छुः शेरबहादुर देउवा

सुवास नेम्वाङको निधनले स्तब्ध भएको छुः शेरबहादुर देउवा

काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जाल एक्समा लेख्दै सभापति देउवाले संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन् ।

‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छ,’ उनले लेखेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

मंगलबार १ बजे हृदयघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

नेम्वाङको शवलाई श्रद्धाञ्जलीका लागि च्यासलस्थित एमाले पार्टी कार्यालय लैजाने तयारी छ । बुधबारसम्म श्रद्धाञ्जलीका लागि शव पार्टी कार्यालयमा राखिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका