जोडिनुहोस
  • होमपेज
  • आज रातिदेखि उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने

आज रातिदेखि उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने

१५ वैशाखमा हुने उपनिर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । मौन अवधिमा निर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन । निर्वाचन आचारसंहिता अनुसार मतदानको ४८ घण्टा अघिबाट मौन अवधि सुरु हुन्छ । आउने शनिबार इलाम क्षेत्र नं २ मा प्रतिनिधि सभाको लागि र बझाङ क्षेत्र नं. १ ‘क’ म प्रदेश सभाको लागि उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानीका लागि अनुगमन गर्न विशेष संयन्त्र बनाएको उल्लेख गरेको छ । मौन अवधिमा सामाजिक सञ्जालबाट समेत प्रचारप्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका