जोडिनुहोस
  • होमपेज
  • गेटा मेडिकल कलेजलाई दशरथचन्द विश्वविद्यालयका रुपमा विकास गर्ने प्रचण्डको आश्वासन

गेटा मेडिकल कलेजलाई दशरथचन्द विश्वविद्यालयका रुपमा विकास गर्ने प्रचण्डको आश्वासन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलालीको गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गर्ने आश्वासन दिएका छन् ।

आज सुदूरपश्चिम क्षेत्रका पूर्व तथा बहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञ, नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्य सचिव लगायतसँगको संयुक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले सो आश्वासन दिएका हुन् ।

यससम्बन्धी थप घोषणा प्रधानमन्त्री प्रचण्डले भोलि (सोमबार) सुदूरपश्चिमको कैलाली र कञ्चनपुर भ्रमणका अवसरमा गर्ने प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले बताए ।

सचिवालय सदस्य गोकर्णप्रसाद भट्टले भने, ‘यो सुदूरपश्चिम र सिँगो नेपालकै लागि निकै ठूलो गर्व र खुसीको कुरा हो । नेपालमा आजसम्म पनि स्वास्थ्य विज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टिकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पुरा गर्ने सबैले विश्वास लिएका छौं ।’

६०० शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यसहित कैलालीको गेटामा निर्माण भएको संरचना दुई वर्षदेखि अलपत्र छ । तर सरकारले यहाँ मेडिकल कलेज सञ्चालनका लागि आवश्यक कानुन नबनाउँदा संरचना जीर्ण हुँदै गएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका