जोडिनुहोस
  • होमपेज
  • काठमाडौं प्रदुषित शहरको शीर्ष स्थानमा, शनिबारसम्म आगलागीको उच्च जोखिम

काठमाडौं प्रदुषित शहरको शीर्ष स्थानमा, शनिबारसम्म आगलागीको उच्च जोखिम

काठमाडौं । संघीय राजधानी काठमाडौं आज फेरि प्रदूषित सहरको सूचीमा सबैभन्दा माथि छ । काठमाडौं उपत्यकामा शुक्रबार प्रदूषण बढेर उच्च विन्दुमा पुगेको हो । देशभर भइरहेको आगलागी, फोहोर र धुँवाधुलोका कारण नेपाल र विशेषगरी काठमाडौं उपत्यकाको आकाशमा प्रदूषणको एउटा लेयर नै तय भएको छ ।

वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यु एयरका अनुसार आज विहान काठमाडौँको प्रदूषणको दर १९४ मापन गरिएको छ । जुन मानव स्वास्थ्यका लागि हानीकारक अवस्था हो । दोस्रो स्थानमा पाकिस्तानको लाहोर रहेको छ । त्यहाँ प्रदूषण तह १८६ रहेको छ । तेस्रो स्थानमा रहेको भारतको नयाँदिल्ली छ । दिल्लीमा प्रदूषणको तह १७३ रहेको छ ।

मौषसविद् विनोद पोखरेल नेपालको आकाशमा प्रदूषणको बाक्लो लेयर देखिएको बताउँछन् । ‘काठमाडौंको प्रदूषण फेरि एकपटक उत्कर्षमा पुगेको देखिन्छ । स्याटेलाइट इमेजमा हेर्दा नेपालको आकाशमा प्रदूषणको एउटा लेयर नै बसेको देखिन्छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका