जोडिनुहोस
  • होमपेज
  • उच्च अदालत र इजलासहरूमा आजदेखि स्वचालित पेसी शुरु

उच्च अदालत र इजलासहरूमा आजदेखि स्वचालित पेसी शुरु

देशभरका उच्च अदालत र उच्च अदालतका इजलासहरूमा आज आइतवारदेखि स्वचालित पेसी तारेख व्यवस्थापन प्रणाली शुरु भएको छ । उच्च अदालत पाटनमा आयोजित एक कार्यक्रमबीच प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वचालित पेसी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्नुभएको हो । उहाँले सबै उच्च अदालतमा पनि मानवको हस्तक्षेपविहीन ढङ्गले पेसी तारेख व्यवस्थापन प्रणाली शुरु गरिएको भन्दै यो न्यायिक इतिहासकै एक सुखद क्षण भएको बताउनुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले यो प्रविधिले उच्च अदालतमा पनि सेवाग्राहीलाई विना भेदभाव पेसी तारेख लिन पाउने र अदालतमा अनियमितता नहुने कुराको सुनिश्चित भएको दाबी गर्नुभयो । उहाँले प्रणालीसँगै पेसी तारेखका लागि अब कसैको भनसुन वा आग्रहमा हुने कुराको पनि अन्त्य भएको बताउनुभयो । उहाँले यो प्रविधि सर्वोच्च अदालतकै सूचना प्रविधि विभागले तयार गरेको भन्दै त्यसमा कुनै समस्या आए तत्काल समाधान हुने विश्वास व्यक्त गर्

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका