जोडिनुहोस
  • होमपेज
  • कृषि मन्त्रालयका सहसचिव डा. गैरे बर्खास्त

कृषि मन्त्रालयका सहसचिव डा. गैरे बर्खास्त

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सहसचिव डा. कमलराज गैरेलाई बर्खास्त गरेको छ । लगातार ९० दिन भन्दा बढी समय अनुपस्थित रहेकाले सहसचिव डा. गैरेलाई मन्त्रालयले बर्खास्त गरेको हो ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै निजामती सेवा नियमावली, २०५० को नियम ११२ को उपनियम (३) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नेपाल सरकारको निर्णयअनुसार गैरेलाई हटाउने निर्णय गरिएको जानकारी दिएको छ ।

‘बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा लगातार ९० दिन भन्दा बढी समय अनुपस्थित रहनु भएकोले निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड(ख) बमोजिमको कसुरमा सोही ऐन दफा ५९ को खण्ड (ख) को (१) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी निजामती सेवा नियमावली, २०५० को नियम ११२ को उपनियम (३) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नेपाल सरकारको निर्णयअनुसार सेवाबाट हटाउने निर्णय गरिएको छ,’ जारी सूचनामा भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका