जोडिनुहोस
  • होमपेज
  • सरकारले मानव केन्द्रित विकास बजेट ल्याउनुपर्छ : सीके राउत

सरकारले मानव केन्द्रित विकास बजेट ल्याउनुपर्छ : सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले सरकारले आगामी बजेट मानव केन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा चलिरहेको विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै अध्यक्ष डा. राउतले यस्तो बताएका हुन् । उनले सरकारले अहिलेसम्म मानव केन्द्रित भन्दा पनि अनावश्यक क्षेत्रमा खर्च गरिरहेको बताए ।

उनले विगत लामो समयदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएको बताए । उनले गलत विकास मोडलको अभ्यास गर्दा विकास भनेकै ठूला–ठूला भवन, विमानस्थल र सडकहरु भन्ने भाष्य कायम रहेको बताए ।

उनले प्रहरीका कर्मचारीहरु तलव नपाएर रोइरहेको अवस्था रहेको भन्दै यता सरकार एयर ट्राफिक नभएका ठूला–ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरुमा ऋण लिएर भएपनि बनाउने तयारी गर्नु गलत भएको बताए ।

‘प्रहरीका कर्मचारीहरु तलव नपाएर रोइरहेको अवस्था छ । यता सरकार एयर ट्राफिक नभएका ठूला–ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरुमा ऋण लिएर भएपनि बनाउने तयारीमा छौं’, उनले भने, ‘नागरिकलाई स्वास्थ्य उपचार दिन सकेको छैनौं । यता सरकार ठूला भ्युटावरहरुलाई बनाउँदै गइरहेका छौं । सडकमा प्रतिघण्टा १०० सवारी गुड्दैन त्यसलाई सरकार हेरक सडकलाई ४ लेन बनाउनुपर्छ भनेर लहलहीमा लाग्दैछौं ।’

दशकौंदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएका राउतले बताए । विकास भनेकै ठूला–ठूला भवन, विमानस्थल र सडकहरु भनेको बुझिएको उनको भनाइ छ ।

त्यसैको कारणले अहिलेको हविगत भएको उनले दाबी गरे । सरकारले आगामी बजेट मानव केन्द्रित बजेट हुनुपर्ने बताउँदै मानव केन्द्रित विकासमा केन्द्रित नीति अवलम्बन गरेर बजेट बनाउन सरकारलाई सुझाव दिए ।

उनले सरकारले नागरिकलाई स्वास्थ्य उपचार दिन नसकेको तर ठूला भ्युटावरहरुलाई बनाउँदै गइरहेको बताए । उनले सडकमा प्रतिघण्टा १०० सवारी नगुड्ने सडकलाई ४ लेन बनाउने भन्दै सरकार लहैलहैमा लागेको आरोप लगाए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका