जोडिनुहोस
  • होमपेज
  • जापानी प्रधानमन्त्री किशिदा फुमियो मार्च २० देखि भारत भ्रमण गर्दै

जापानी प्रधानमन्त्री किशिदा फुमियो मार्च २० देखि भारत भ्रमण गर्दै

नयाँ दिल्ली— जापानका प्रधानमन्त्री किशिदा फुमियोले मार्च २०—२१ मा दुई दिने भारतको औपचारिक भ्रमण गर्नेछन् ।

भ्रमणका क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्ताको क्रममा दुवै पक्षले आपसी हितका द्विपक्षीय र क्षेत्रीय विषयमा छलफल गर्नेछन् ।

यस्तै, उनीहरूले जी—७ र जी—२० को आ—आफ्नो अध्यक्षताका लागि आफ्नो प्राथमिकताहरू पनि छलफल गर्नेछन्। भारत हाल २०२३ को लागि जी—२० अर्थव्यवस्थाहरूको समूहको अध्यक्ष छ।

जापानी संसदको चलिरहेको सत्रका कारण जापानी विदेशमन्त्री योशिमासा हयासी जी २० विदेश मन्त्रीहरूको बैठकमा सहभागी हुन सकेनन्। यद्यपी जापानी विदेशमन्त्रीले मार्च ३ को बिहान आठौं रायसिना संवादमा भाग लिएका थिए। उनले ‘द क्वाड स्क्वाडः पावर एण्ड पर्पज अफ द पोलिगन’ नामक प्यानल छलफलमा भाग लिएर क्वाड भनेको काउन्टर गर्ने प्रयास नभएको बताए।

मन्त्री हयासीले मौलिक मूल्यमान्यता बाँडफाँड गर्ने चार देश भएकाले कानूनको शासनमा आधारित स्वतन्त्र र खुला अन्तर्राष्ट्रिय व्यवस्था कायम राख्न र अभिवृद्धि गर्ने प्रयासको नेतृत्व गर्न क्वाडले चाहेको पनि बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका