जोडिनुहोस
  • होमपेज
  • अरुणाचल प्रदेश भारतको अभिन्न अङ्ग भएको अमेरिकाको प्रतिक्रिया

अरुणाचल प्रदेश भारतको अभिन्न अङ्ग भएको अमेरिकाको प्रतिक्रिया

अमेरिकाले अरुणाचल प्रदेशलाई भारतको अभिन्न अङ्ग भएको प्रतिक्रिया दिएको छ । चीनको दाबीलाई अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयका उपमुख्य प्रवक्ता वेदान्त पटेलले अरुणाचल प्रदेश भारतको महत्त्वपूर्ण हिस्सा भएको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

उहाँले अमेरिकाले कुनै पनि देशले अर्काको भूमि मिच्ने र दाबी गर्ने प्रवृतिको विरोध गर्ने बताउनुभएको खबरमा उल्लेख छ । यसअघि चीनको रक्षा मन्त्रालयका प्रवक्ता चाङ सियाओगाङले अरुणाचल प्रदेशलाई चीनको हिस्सा भएको दाबी गरेपछि अमेरिकाले यस्तो प्रतिक्रिया दिएको हो ।

अरुणाचल आफ्नै भू–भाग भन्दै भारतले विकासका संरचना निर्माणलाई तीव्रता दिएको छ भने चीनले यस क्षेत्रलाई दक्षिण तिब्बत भन्दै भारतीय गतिविधिको विरोध गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका