जोडिनुहोस
  • होमपेज
  • उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण

उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण

काठमाडौं। उत्तर कोरियाले पानीभित्र आणविक आक्रमण गर्न सक्ने ड्रोनको सफल परीक्षण गरेको जनाएको छ ।

उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले परिक्षण सफल भएको सो ड्रोनले पानीभित्र आणविक आक्रमण गरी सुनामी उत्पन्न गर्नेसहित पानीजहाज तथा बन्दरगाहहरु ध्वस्त गर्न सक्ने क्षमता राख्दछ ।

गत मंगलबार दक्षिणी हामग्योंङ प्रान्तस्थित समुद्रमा गरिएको अभ्यासका क्रम उक्त ड्रोनले ८० देखि १५० मिटरको गहिराइमा ५९ घण्टा १२ मिनेटसम्म सफलतापूर्वक काम गरेको थियो । अब कुनै पनि बन्दरगाह वा तटीय क्षेत्रमा उक्त ड्रोन प्रक्षेपण गर्न सकिने केसीएनएको दावी छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले ड्रोन परीक्षणलाई दिशानिर्देश गरेको र अब वासिङटन तथा दुश्मन देशहरूलाइ उत्तर कोरियाको आणविक क्षमताको महसुस गराउन ड्रोनको सफल परिक्षण गरेर सन्देश दिइएको उतर कोरियाली मिडियाले जनाएका छन् ।

उता, दक्षिण कोरियाका योनहाप समाचार एजेन्सीलेका अनुसार समुद्री क्षेत्रमा नक्कली शत्रुहरु माथि निशाना लगाउनका लागि उत्तर कोरियाले उक्त ड्रोन परीक्षण गरेको प्रारम्भिक प्रतिक्रिया दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका