जोडिनुहोस
  • होमपेज
  • स्वीस बैंकले चिनियाँ नागरिककाे खातामा प्रतिबन्ध लगाउन सक्ने सम्भावना !

स्वीस बैंकले चिनियाँ नागरिककाे खातामा प्रतिबन्ध लगाउन सक्ने सम्भावना !

बेइजिङ— स्विट्जरल्याण्डका बैँकहरुले चिनियाँ नागरिकको गोप्य रुपमा खोलिएका बैंक खाताहरु रोक्का गर्न सक्ने सम्भावना रहेको ग्लोबल वाच एनालाईसिसको रिपाेर्टमा उल्लेख गरिएको छ ।

चीनले रसियालाई ड्रोन र हतियारहरू बेच्ने विचार गरिरहेको रिपोर्ट सार्वजनिक भएपछि स्विस बैंकहरुले चिनियाँ सम्पत्तिको निगरानी सुरु गर्ने भएको छ । पछिल्लो समय चीन प्रत्येक देशका लागि सम्भावित खतरा बनेको छ ।

अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनले पनि बेइजिङले रुसलाई घातक हतियार उपलब्ध गराउने गुप्तचर जानकारी रहेको भन्दै चीनलाई चेतावनी दिएका छन् । एक प्रेस सम्मेलनमा, ब्लिन्केनले बेइजिङले रुसलाई हतियार आपूर्ति गर्ने विचार गरिरहेको छ भने नराम्रो नतिजा भोग्नुपर्ने चेतावनी दिएका थिए।

यद्यपी, स्विस बैंकले कति चिनियाँ खाता रहेको र निक्षेपमा रहेको रकम भने खुलाएको छैन । तर २०१४ मा इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिज्मको प्रकाशित रिपोर्ट अनुसार चीन र हङकङका कम्तिमा २० हजार बढी नागरिकको स्विस बैँकमा खाता रहेको जनाएको थियो ।

यस्तै, चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो स्थायी समितिका सदस्यहरूका पाँच परिवारका सदस्यहरूको ब्रिटिश भर्जिन टापु र कुक टापुहरू जस्ता अपतटीय वित्तीय केन्द्रहरूमा कम्पनीहरू स्थापना गरेको ग्लोबल वाच एनालाईसिसले आफ्नो रिपोर्ट मा उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका