जोडिनुहोस
  • होमपेज
  • काठमाडौं आइपुगे चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी

काठमाडौं आइपुगे चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी

चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँचदिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।

उनलाई राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् । नेपाल बसाइको क्रममा उनले बुधबारदेखि नै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री प्रचण्ड लगायतसँग भेट गर्ने कार्यतालिका छ । भेटवार्ताहरु दुईपक्षीय सहयोग आदान–प्रदानका विषयमा केन्द्रित हुने छन् ।

साथै प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे विशेषरुपमा छलफल हुने प्रधानमन्त्री प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाको भनाइ छ । तिब्बतको कार्यकारी प्रमुख रहेका वाङले पोखरा भ्रमण पनि गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका