जोडिनुहोस
  • होमपेज
  • अयोग्य लडाकु र भत्ताका नाममा राजनीति नगर्न एमाले उपमहासचिवको प्रधानमन्त्रीलाई सुझाव

अयोग्य लडाकु र भत्ताका नाममा राजनीति नगर्न एमाले उपमहासचिवको प्रधानमन्त्रीलाई सुझाव

काठमाडौँ— नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले मुलुकको अर्थतन्त्र संकटमा रहेका बेला ‘अयोग्य, लडाकु र भत्ता’जस्ता विषयमा राजनीति नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डसँग आग्रह गरेका छन् ।

“यस्तै निर्णय गर्ने हो र ? द्वन्द्वबाट भविष्य बर्बाद पारिएका युवा–स्वाभीमानलाई अझै नचिमोटौं । मानवीय संवेदनासँग नखेलौं,” उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “८० अर्ब निर्माण सम्पन्न भएका परियोजनाको भुक्तानी बाँकी छ । ५ अर्ब शिक्षकको पेन्सन बापतको भुक्तानी बाँकी छ ।”

रिमालले १० अर्ब निजामति कर्मचारीको पेन्सन भुक्तानीमा अपुग रहेको, ५ अर्ब सामाजिक सुरक्षा भत्ताको भुक्तानी बाँकी रहेको तथा २० अर्ब राज्यले तिर्नुपर्ने ऋणको साँवा÷व्याज भुक्तानी बाँकी रहेको स्मरण गराएका छन् ।

अनिवार्य दायित्वभित्रको कूल १ खर्ब २० अर्ब भुक्तानी बाँकी रहेको भन्दै उनले शान्ति प्रकृयाको क्रममा ‘अयोग्य’ भनिएकाहरूलाई केही राहत दिइएको पनि स्पष्ट पारेका छन् । २०७८ को बजेटमार्फत् करिब १ अर्ब यस्तै भुक्तानी गरिएको भन्दै उनले सरकारले प्रदेश र स्थानीय तहमा पठाउनु पर्ने ४४ अर्ब समानिकरण अनुदानमा आधा रकम कटौती गरेको सुनिएको भन्दै यसले प्रदेश र स्थानीय तहका कर्मचारीको तलव र अनिवार्य दायित्वमा हुने खर्च रोकिन बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका