जोडिनुहोस
  • होमपेज
  • सहज र आधुनिक माध्यमबाट सूचना प्रवाह गर्न प्रधानमन्त्रीको आग्रह

सहज र आधुनिक माध्यमबाट सूचना प्रवाह गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जतिसक्दो सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्न राष्ट्रिय समाचार समिति ९रासस० लाई आग्रह गरेका छन् । राससको ६३औं वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्रीले सूचना–प्रविधिभन्दा बाहिर त्यस्तो कुनै विषय र मुद्दा नभएकाले राससले आफ्नो अस्तित्व अलगरूपमा कायम गर्न सकोस् भनी शुभकामना दिएका हुन् ।

‘आजको युग विज्ञान प्रविधि र त्यसमा पनि मुख्यतः सूचना प्रविधिको युग हो । पछिल्लो दुई दशकमा विश्वमा सूचना प्रविधिको विकास यति तीव्रतामा भएको छ कि सिङ्गो विश्वले यसलाई चौंथो औद्योगिक क्रान्तिका रूपमा संश्लेषण गरिसकेको छ,’ सन्देशमा भनिएको छ, ‘सूचना प्रविधिको तीव्र र दूत विकासले सञ्चार जगतलाई मात्र नभएर सामाजिक जीवनका सम्पूर्ण आयाम र अवयवहरूलाई प्रभावित गरिरहेको छ । २१ औं शताब्दीको आजको दुनियाँमा सूचना–प्रविधि प्रत्येक मान्छेको सरोकारको विषय मात्र नभएर अनिवार्य विषयसमेत बनिसकेको छ । विश्वमा सूचना र प्रविधिको दूत गतिमा भइरहेको विकास र विश्वव्यापी प्रभावको परिप्रेक्ष्यमा हामीले पनि हाम्रा सञ्चारमाध्यमलाई समय र युग सुहाउँदो रूपमा थप अद्यावधिक र परिमार्जित गर्दै लैजानुपर्छ ।’

प्रधानमन्त्रीले राससले आफ्नो स्थापनादेखि नै नेपाली र अंग्रेजी भाषामा स्वदेशी र विदेशी समाचार तथा तस्बिरहरू उपलब्ध गराउँदै आएको र पछिल्लो समय श्रव्यदृश्य सेवा प्रभावकारी तुल्याएकामा आभार प्रकट गर्दै राससको संस्थागत हित र विकासका पक्षमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र अभिभावकत्व रहने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका