जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : दुई खेल हुँदै

‘ए’ डिभिजन लिग : दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रबार दुई खेलहरु हुँदैछन् । लिगको १३ औं चरण अन्तर्गत शुक्रबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेसमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र आर्मीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

हिमालयन आज चौंथो जितको योजनामा हुनेछ । हिमालयन १२ खेलमा १३ अंक जोडेर १३ औं स्थानमा रहेको छ । आर्मी छैटौं जितको खोजीमा हुनेछ । आर्मी १२ खेलमा १९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यस्तै एन्फा कम्प्लेक्समा न्युरोड टिम एनआरटी र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र थ्री स्टारबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

एनआरटी आज चौंथो जित निकाल्न चाहन्छ । एनआरटी १२ खेलमा १३ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

थ्री स्टार सातौं जितको योजनामा हुनेछ । थ्री स्टार १२ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका