जोडिनुहोस
  • होमपेज
  • बजेटले संयुक्त सरकारको दृष्टिकोणलाई प्रतिनिधित्व गरेको छः कांग्रेस नेता चौधरी

बजेटले संयुक्त सरकारको दृष्टिकोणलाई प्रतिनिधित्व गरेको छः कांग्रेस नेता चौधरी

सांसद विनोद चौधरीले बजेटले संयुक्त सरकारमा सहभागी राजनीतिक दलका दृष्टिकोणलाई प्रतिनिधित्व गरेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै आज उनले यो बजेटका आफ्नै सीमा रहेको उल्लेख गर्दै यो बजेट नेपाली कांग्रेसको एक्लो सोँचबाट मात्रै निर्देशित नभएको बताए ।

बजेटले कांग्रेसले अँगालेको ‘लिवरल इकोनोमिक पोलिसी’ र निजी क्षेत्रलाई थप अगाडि बढाउने प्रयास गरेको बताउँदै उनले साधारण खर्च घटाउन अर्थमन्त्रीले गरेको प्रयास सकारात्मक रहेको बताए ।

बजेट आकारका हिसाबले ठूलो नभए पनि चालू आर्थिक वर्षको आम्दानी र खर्चको अवस्था हेर्दा चुनौतीपूर्ण रहेको उनको भनाइ छ । उनले पुँजीगत खर्चलाई प्रभावकारी बनाउन बजेटले केही नयाँ सोँच र दृष्टिकोणसहित ‘वर्किङ मोडालिटी’ अगाडि सारेकाले यसलाई सकारात्मक सङ्केतका रुपमा लिनुपर्ने जिकिर गरे ।

सांसद चौधरीले भने, “उत्पादन साथमा, अनुदान हातमा’, ‘एक स्वास्थ्य संस्था, एक चिकित्सक’, ‘अबको जीवन स्वदेशमा नै’, ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ सिँचाइमा लगानी, खेतबारीमा पानी’ जस्ता नाराहरूले बजेटको दृष्टिकोणलाई प्रष्टसँग औँल्याएको छ ।”

रासायनिक मल वितरणका लागि पेट्रोलियम पदार्थमा जस्तै ‘जिटुजी’का आधारमा नेपालको कूल माग धान्ने गरी स्थायी र भरपर्दोरुपमा आपूर्तिको व्यवस्था किन गर्न सकिँदैन भनी प्रश्न गर्र्दै उनले यो समस्याको स्थायी समाधानका लागि हामीले भारत वा बङ्गलादेशबाट ग्यास पाइप लाइन ल्याएर रासायनिक मल कारखाना खोल्न सकिने बताए ।

“हाम्रो राजनीति, अर्थनीति र कूटनीतिको पहिलो लक्ष्य आर्थिक विकास नै हुनुपर्छ । आर्थिक विकास र नागरिकको जीवनस्तर परिवर्तनसँग जोडिन नसकेको राजनीति जनताबाट टाढा बन्दै जानेछ । त्यसैले राजनीतिको केन्द्रभागमा आर्थिक विकास र आम नागरिकको जीवनसँग जोडिएका एजेण्डाहरू रहनु पर्दछ”, उनले भने ।

उनले बजेटमा काठमाडौँको बूढानिलकण्ठ स्कूल र पोखराको गण्डकी बोर्डिङ स्कूलको सञ्चालन मोडालिटी अवलम्बन गरी धनकुटा, बर्दिवास, तानसेन, सुर्खेत र डडेल्धुरामा एक(एक नमूना आवासीय सामुदायिक स्कूल स्थापनाका लागि सम्भाव्यता अध्ययन र पूर्वतयारीका काम अगाडि बढाइने भनिएको विषयलाई स्वागत गरे ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका