जोडिनुहोस
  • होमपेज
  • बागमती प्रदेशसभा बैठक बस्दै

बागमती प्रदेशसभा बैठक बस्दै

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बागमती प्रदेशसभा सचिवालय हेटौँडाका अनुसार आज बिहीबार दिउँसो २ बजे प्रदेशसभा बैठक बस्ने जनाइएको छ ।

जेठ १९ गते सरकारको नीति तथा कार्यक्रम पारित गरेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बैठक आज बस्न लागेको हो ।

बैठकमा संसद्मा पेस भएको आर्थिक सर्वेक्षणमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट सार्वजनिक गर्ने तयारी गरेको र सोही कार्यव्यवस्था परामर्श समितिको बैठकले बजेट सार्वजनिक गर्ने कार्यसूची रहेको सचिव खड्काले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका