जोडिनुहोस
  • होमपेज
  • ग्रिसमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या ८३ पुग्यो

ग्रिसमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या ८३ पुग्यो

रोम । ग्रिसको तटीय क्षेत्रमा सयौँ आप्रवासी बोकेको डुङ्गा पल्टिँदा ज्यान गुमाउनेको सङ्ख्या ८३ पुगेको छ । दुर्घटना पछि ग्रिस कोस्ट गार्डले उद्धार अभियान चलाएका कारण १०४ जना आप्रवासीलाई सुरक्षित रूपमा बचाउन सफल भएको छ ।

मिडिया रिपोर्टका अनुसार घटना बुधबार बिहान भएको हो। उद्धार गरिएकालाई कालामाता सहर लगिएको छ । कालामाटाका मेयरले उद्धार गरिएका सबै १६ देखि ४१ वर्षका रहेको बताए । डुङ्गामा महिला र बालबालिका पनि सवार रहेको उनले बताए ।

राति अन्धकारका कारण खोजी तथा उद्धार कार्य स्थगित गर्नुपरेको तटरक्षकले जनाएको छ । डुबेकाहरुको खोजी कार्य बिहीबारबाट पुनः सुरु गरिने छ । सञ्चारमाध्यमका अनुसार दुर्घटना हुँदा डुङ्गामा कति जना सवार थिए भन्ने खुलाइएको छैन ।

बाँचेकाहरूका अनुसार डुङ्गामा ७५० यात्रु सवार हुन सक्ने बताएका छन् । ग्रिसका अधिकारीहरूले मृतकको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका