जोडिनुहोस
  • होमपेज
  • कोशी प्रदेशमा अध्यादेशबाट बजेट ल्याउन प्रदेश प्रमुखको स्वीकृति

कोशी प्रदेशमा अध्यादेशबाट बजेट ल्याउन प्रदेश प्रमुखको स्वीकृति

विराटनगर । कोशी प्रदेशमा अध्यादेशबाट बजेट ल्याइने भएको छ । त्यसका लागि प्रदेश प्रमुखले सरकारको सिफारिसमा अध्यादेश जारी गरेका छन् ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० जारी भएको हो ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा २०२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यही अध्यादेशअनुसार अल्पमतमा रहेको हिक्मतबहादुर कार्की नेतृत्वको सरकारले असार १ मा बजेट ल्याउनेछ ।

koshi

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका