जोडिनुहोस
  • होमपेज
  • जेठमा घरजग्गा कारोबारले राख्यो रेकर्ड

जेठमा घरजग्गा कारोबारले राख्यो रेकर्ड

काठमाडौं । चालू आर्थिक वर्षको जेठ महिनामा सबैभन्दा बढी घरजग्गा कारोबार भएको छ । जेठमा लिखत पासको संख्या ५५ हजार ६९ पुगेको छ ।

यो चालू वर्षकै सबैभन्दा उच्च कारोबार हो । जसबाट ३ अर्ब ७५ करोड राजस्व संकलन भएको छ । यसले आगामी दिनमा घरजग्गा कारोबार बढ्दै जाने संकेत गरेको छ ।

वैशाखमा ४२ हजार ४६१ लिखत पास भएको थियो । चालू आर्थिक वर्षको असोजमा सबैभन्दा कम घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । असोजमा २५ हजार ७८९ लिखत पास भएको थियो । त्यतिबेला २ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

चैतमा घरजग्गा कारोबारबाट सरकारले ४ अर्ब ५१ करोडभन्दा बढी राजस्व संकलन गरेको थियो । त्यतिबेला ४९ हजार १५० वटा जग्गाको लिखत पास भएको थियो । जग्गाको कित्ताकाट रोकिँदा घरजग्गा कारोबार सुस्ताएको थियो ।

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम अभाव हुँदा पनि कारोबार न्यून भएको थियो । सरकारको राजस्व कम उठ्नुको एउटा कारण घरजग्गा कारोबारमा आएको मन्दीलाई समेत मानिएको छ । पछि मन्त्रिपरिषद्को बैठकले कित्ताकाट खोल्ने निर्णय गरे पनि त्यो कार्यान्वयनमा आएको छैन ।

विस्तारै लगानीयोग्य रकममा पनि सुधार हुँदै आएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका