जोडिनुहोस
  • होमपेज
  • झलनाथ खनाल स्वास्थ्य प्रतिष्ठानमा करिब १८ करोड भ्रष्टाचार, पूर्वमन्त्री र पूर्वमेयरविरुद्ध मुद्दा दायर

झलनाथ खनाल स्वास्थ्य प्रतिष्ठानमा करिब १८ करोड भ्रष्टाचार, पूर्वमन्त्री र पूर्वमेयरविरुद्ध मुद्दा दायर

काठमाडौं । एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाममा खोलिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिब १८ करोड रुपैयाँ भ्रष्टाचार भएको खुलेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका पूर्वमन्त्री विजयकुमार, लालबन्दी नगरपालिकाका पूर्वमेयर मानबहादुर खड्कासहित सातजनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

तत्कालीन मन्त्री विजयकुमार र मेयर मानबहादुर खड्काले आफूलाई नभएको अधिकार समेत प्रयोग गरी प्रचलित कानूनविपरीत लागत साझेदारी शून्य रहेको झलनाथ खनाल स्वास्थ विज्ञान प्रतिष्ठान नेपाल नामको गैरसरकारी संस्थालाई सरकारी रकम उपलब्ध गराई सोही संस्थाबाटै कार्यक्रम कार्यान्वयन र खर्चको लेखांकन गर्ने गरी उक्त गैरसरकारी संस्थाका अध्यक्ष रेवतीप्रसाद पन्तसँग त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेको र सोही समझदारी९पत्रका आधारमा प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालयबाट लालबन्दी नगरपालिकालाई र सो नगरपालिकाबाट उक्त गैरसरकारी संस्थालाई बदनियतपूर्वक सरकारी रकम १७ करोड ९८ लाख ३३ हजार निकासा गरी हिनामिना गरेको अख्तियारको ठहर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका