जोडिनुहोस
  • होमपेज
  • आगलागीमा परी इलाममा सात घर जलेर नष्ट

आगलागीमा परी इलाममा सात घर जलेर नष्ट

इलाम। आगलागीमा परेर इलाममा सात घर नष्ट भएका छन् । माङ्सेबुङ गाउँपालिका– ५ को लारुम्बामा गए राति भएको आगलागीमा परी सात घर नष्ट भएका हुन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सो आगलागीमा परी स्थानिय अनु चेम्जोङ, नरहाङ लावती, हर्कबहादुर चेम्जोङ, पदम इवा, लोकहाङ लावती, माङ्गेना साम्बाहाम्फे र चन्द्र राईका घर पूर्ण रूपमा नष्ट भएका हुन् ।

प्रहरीका अनुसार काठ र टिनबाट निर्मित घरहरू एकै ठाउँ गुजुम्ब रहेकाका कारण सात घर जल्न पुगेका हुन ।

सोमवार राति करिब साढे २ बजेतिर सुरु भएको आगो स्थानीयले नियन्त्रणमा लिएका थिए । यसरी घर जल्दा सो घरमा भएका अधिकांस समान पुर्ण रुपमा जलेर नष्ट भएका छन । आगलागीमा परी मानवीय क्षति भने हुन पाएन ।

विधुत सर्ट भई आगलागी भएको र आगलागीमा करिब ६० लाख रुपैयाँको भएको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका