जोडिनुहोस
  • होमपेज
  • डर्टमुन्डसँग चेल्सीको हार

खेलकुद

डर्टमुन्डसँग चेल्सीको हार

  • Sagarmatha TV
  • बिहिबार, फाल्गुन ४, २०७९
डर्टमुन्डसँग चेल्सीको हार

एजेन्सी – इंग्लिस क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डसँग हार बेहोरेको छ ।

चेल्सी घरेलु टोली डर्टमुन्डसँग १–० ले पराजित भएको हो । चेल्सीलाइए पराजित गर्न डर्टमुन्डका करिम एडियमीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

सिग्नल इडुना पार्क डर्टमुन्डका बुधबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् । ३१औं मिनेटमा जोआओ फेलिक्सले सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न नसक्दा चेल्सी अग्रता लिनबाट चुक्यो ।

३८औं मिनेटमा फेलिक्सकै प्रहार बारमा लागेर फर्कदा चेल्सीले अग्रता लिन सकेन । ५४औं मिनेटमा रिस जेम्सको प्रहारलाई डर्टमुन्डका गोलरक्षक ग्रेगर कोवेलले नियन्त्रणमा लिए । ५७औं मिनेटमा जुलियन ब्रान्डको प्रहारलाई चेल्सीका गोलरक्षक किपा एरिजाबालगाले बचाए ।

६२औं मिनेटमा मिखाइलो मुड्रिकको क्रस पासमा रिस जेम्सको प्रहारमा गोलरक्षक कोवेल नै बाधक बने । ६३औं मिनेटमा करिक एडियमीले गोल गर्दै घरेलु टोली डर्टमुन्डलाई १–० को अग्रता दिलाए । उनले राफयल गुरेइरोको पासमा गोल गर्न सफल भएका थिए ।

७८औं मिनेटमा हाकिम जियाचको फ्रिकिकलाई गोलरक्षक कोवेलले पञ्च गर्दै बचाए । त्यसमै प्राप्त कर्नरमा कोलिडोउ कोउलीवेलीको प्रहारलाई गोलरक्षक कोवेलले विफल पारेपनि आफ्नो नियन्त्रण बाहिर रहेको बललाई इम्री क्यानले गोल लाइनबाट क्लियर गर्दै चेल्सीको बराबरी टारे ।

इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा एन्जो फर्नान्डेजको प्रहारलाई गोलरक्षक कोवेलले विफल पार्दै चेल्सीलाई हार चखाए ।

अब दोस्रो लेगको खेल चेल्सीको मैदानमा ७ मार्चको राति हुनेछ । डर्टमुन्डलाई क्वाटरफाइनल पुग्न यही नतिजा पर्याप्त हुनेछ । चेल्सीको जितको विकल्प छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका